गोरु काटेको आरोपमा १३ जना पक्राउ

   ३ कार्तिक २०७८, बुधबार १३:२८  

३ कात्तिक, रौतहट । रोल्पाबाट १३ जनालाई गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रुन्टिगढी गाउँपालिका वडा नम्बर १ लापाल बस्ने २० वर्षीय आकाश घर्ती मगरलगायत १३ जनालाई गाई काटेको भन्दैँ मंगलबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोरु काटिरहेको खबर पाए लग्त्तै हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले मासु भागबन्डा गरिरहेको अवस्थामा उनीहरुलाई हिरासतमा थियो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ८० किलो गोरुको मासु बरामद भएको थियो । पक्राउ परेका उनीहरमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।