पहिरोमा पुरिएर हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु

   ३ कार्तिक २०७८, बुधबार १२:४८  

३ कात्तिक, रौतहट । केही दिनयता देखि लगातार भइरहेको भारी वर्षाका कारण आएको पहिरोमा परी हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर एकै परिवारका ६ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेमा ७० वर्षीय धनवीरे शाही, ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही रहेको हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

शर्माका अनुसार पहिरो हटाएर मृतकहरुको शव निकालिएको छ ।