कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
३ कात्तिक, रौतहट । कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा शुक्लाफाँटा नगरपालिका १२ वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी ४५ वर्षीया पत्नी मधुरा कार्की रहेकी प्रहरीले जनाएको छ ।
बुधबार बिहान नजिकैको सामुदायिक वनबाट नौरदशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो(हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु भएको खबर पाए लग्त्तै इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
पोष्टमार्टमको लागि शवलाई अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






