भारी वर्षाका कारण बाढी पहिरोमा परी ६ को मृत्यु २ बेपत्ता

   ३ कार्तिक २०७८, बुधबार १०:४०  

३ कात्तिक, रौतहट । आइतबार रातिदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पाँचथरमा ६ जनाको मृत्यु भएको छ ।

लगातार भएरहेको वर्षाले गर्दा आएको बाढी पहिरोमा परी ६ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार विभिन्न ठाँउमा गएको पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका छन् ।
यस्तै मिक्लाजुङमा पनि बाढीपहिरोमा परी ५ एक जनाको मृत्यु भएको छ । हाल उनीहरुको सनाखत हुन सकेको छैन । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता छन् ।

पहिरोका कारण हाल मेची राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।