करणी आरोपमा युवक पक्राउ
द नेपाल मिडिया
२ कार्तिक २०७८, मंगलवार १५:०५
२ कात्तिक, रौतहट । बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका ११ बस्ने २० वर्षीय प्रेम सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गत असोज २५ गते सुनारले सोही नगरपालिका ४ सिलखान टोलमा ती किशोरीलाई करणी गरेको गोप्य सूचनाको आधारमा पाल्पाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ नै पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।