दक्षिणकालीमा एक जनाको शव फेला
२ कात्तिक, रौतहट । दक्षिणकालीमा आज बिहान एक पुरुषको शव फेला परेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ६ कमलपोखरीस्थित दुई तले घरमा आज बिहान एक पुरुष मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिए ।
सोलुखुम्बु घर भएका अन्दाजी ५० वर्षीय गोले भन्ने (प्रीतिकुमार राई)को शव भुइँ तलामा रहेको खाटमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत दुई सातादेखि उनी कृषि फार्मको लागि प्रयोग हुँदै आएको घरमा बस्दै आएका थिए ।
राईसंगै बस्दैँ आएको उनका साथी ओखलढुंगा घर भएका ४५ वर्षीय पासाङ शेर्पा फरार भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जनाए । मृतक राईको टाउकोमा चोट लागेको छ । निजको हत्या हुनसक्ने प्रहरीले आशंका गरेको छ । यस घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
संगै बस्दाँ उनीहरूले मापसे गरेर पटक-पटक झगडा गर्ने गरेको प्रहरी बताए । मृतकको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाएको छ ।