पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते
द नेपाल मिडिया
२ कार्तिक २०७८, मंगलवार १२:२०
२ कात्तिक, रौतहट । पहिरोमा पुरिएर डडेलधुरामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सोमबार गएराति घरमाथि खसेको पहिरोमा परी गन्यापधुरा गाउँपालिका १ भात्काडा बस्ने ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ ।
निरन्तर भइरहेको भारी वर्षाका कारण असेको पहिरोमा पुरिएर अमरगढी नगरपालिका १ मा गएको पहिरोमा परी दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विक्रम चन्दले जानकारी दिए ।