चोरिएको मोटरसाइकलसहित दुईजना पक्राउ

   २ कार्तिक २०७८, मंगलवार १०:५८  

२ कात्तिक, रौतहट । चोरिएको मोटरसाइकलसहित दुई जनालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ३ बस्ने २३ वर्षीय आनिष हवारी र सोही उमेरका मोहम्द आशिक रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको वीरगञ्ज महानगरपालिका १५ का रामलखन साहको घरको पार्किङ्गमा राखिएको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा खटिएको टोलीले उनीहरुलाई मोटरसाइकलसहित बीरगञ्ज बसपार्कबाट पक्राउ गरेको हो ।

ना. १९ प ६३५५ नम्बरको मोटरसाइकल चोरिएर नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली दुवै जना चलाउँदै आएका थिए । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।