सिन्धुपाल्चोकमा भूकम्पको धक्का

   १ कार्तिक २०७८, सोमबार १४:४६  

१ कात्तिक, रौतहट । सिन्धुपाल्चोकमा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको पाङफुङ क्षेत्र केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार काठमाडौँ उपत्यका र दोलखामा समेत भुकम्पको धक्का महसुस गरिएको थियो ।