हात्ति धप्काउन गएकी महिलाको करेन्ट लागेर मृत्यु

   १ कार्तिक २०७८, सोमबार १३:२२  

१ कात्तिक , रौतहट । झापामा हात्ति धप्काउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको भद्रपुरमा हात्ति धप्काउने क्रममा करेन्ट लागेर ४५ वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छेउमा रहेको खेतमा धानबाली खान लाएको हात्ति लाई धप्काउन गएकी महिलाले आफ्नै बारीमा लगाएकी नाङ्गो तार छोएकी थिइन् ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ ।