दम्पतीबीच झगडा हुँदा श्रीमानको मृत्यु

   १ कार्तिक २०७८, सोमबार १२:४५  

१ कात्तिक, रौतहट । र्तेहथुमको छथर गाउँपालिकामा मदिरा सेवन गरेर दम्पतीबीच झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।

आइतबार राति करिब ९ बजेतिर झगडा हुँदा गोबिन्दबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी भक्तकुमारीबीच कुटाकुट भएको थियो । मादकपदार्थ सेवन गरी उनीहरुबीच भएको कुटपिटमा गोबिन्दबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी भक्तकुमारीलाई राति नै १२:४५ बजेतिर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जनाएको छ ।