बस दुर्घटनामा परी ३५ जना घाइते, ४ जनाको अवस्था गम्भीर
१ कात्तिक, रौतहट । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौँ जाने क्रममा बा २ ख ३२६४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको लामोसाँघु जिरी सडकखण्डमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा घाइते भएका ३५ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका ४ जनाको काभ्रको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अन्य ३१ जनालाई खाडीचौरको अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।