पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी बैठक शुरु
द नेपाल मिडिया
१ कार्तिक २०७८, सोमबार १०:२६
१ कात्तिक, रौतहट । पार्टी कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार बिहान ८ः३० बजेदेखि सुरु भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार स्थायी समिति सदस्यहरुमध्ये अर्थमन्त्री जनार्दन शर्मा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भुसाल, प्रवक्ता कृष्णबहादुर महरालगायतको उपस्थिति भएका हुन् ।