बारामा प्रभु साहको कार्यक्रममा उर्लियो जनसागर

   ३१ आश्विन २०७८, आईतवार १४:२६  

३१ असोज, रौतहट । पूर्वमन्त्री प्रभु साहलाई हेर्न बाराको बेलहियामा स्थानीयको भीड नै उत्रिएको थियो ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शनिबार बारा जिल्लाको प्रसौनी गाउँपालिकाको बेलहियामा आइटी आर्मीको गाउँ कमिटीले आयोजना गरेको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री साह प्रमुख अतिथि थिए । मधेशमा विकास पुरुषको रुपमा चिरपरिचित पूर्वमन्त्री साहलाई हेर्न भनेर आसपासका हजारौं नागरिक त्यहाँ पुगेका थिए । प्रसोनी बजारदेखि कार्यक्रम स्थलसम्म स्थानीयले उनलाई भव्य स्वागत गर्नुका साथै जयजयकार गर्दै नारा लगाएका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री साहले सम्मान एवम् साथका लागि स्थानीयलाई धन्यवाद दिए । उनले बारा जिल्लासहित देशलाई समृद्ध एवम् विकसित बनाउन उत्साहपूर्वक साथ दिन समेत आह्वान गरे । देशलाई अग्रगामी दिशा दिनका लागि जनताले निर्णायक भुमिका खेल्दै क्रान्तिकारी माहोल निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

सर्वप्रथम म तपाईहरुको सम्मान र मायाका लागि धन्यवाद व्यक्त गर्दछु । बारा जिल्लालाई एउटा विकसित र समृद्ध जिल्ला बनाउन तपाईहरुको सहयोग यसै उत्साहका साथ हुनेछ भनी विश्वास पनि व्यक्त गर्न चाहन्छु । अपार सम्भावना तथा स्रोतसाधन हुँदा हुँदै पनि बारा जिल्ला पछि पर्नुको कारण कहि न कहि वर्तमान व्यवस्था र यसले जन्माएको विकृति नै हो ।ू पूर्वमन्त्री साहले भने, यस परिवेशलाई बदलनको लागि देशलाई अग्रगामी दिशामा डोर्याउनुको विकल्प छैन । तपाई हामी सक्रियतापूर्वक जागरुक भई निर्णायक क्रान्ति गर्ने बेला आएको छ । अब ढिला गर्नुहुँदैन ।

कार्यक्रममा संविधानसभा सदस्य इश्लाम हवारी, निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहा, नेता मनोज यादव, मजदुर नेता अमर यादव, मेयर प्रत्यासी विनोद पटेल, प्रदेश सांसद प्रत्यासी उमेश कुश्वाहा, जनगायक विक्रम साहलगायतको उपस्थिति रहेको थियो ।