गोरखामा आज बिहान भूकम्पको धक्का

   ३१ आश्विन २०७८, आईतवार १२:१७  

३१ असोज, रौतहट । आज बिहान गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार बिहान ४ बजेर ९ मिनटमा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४:३ म्याग्निच्युटको परकम्प मूकम्प गएको छ ।