दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर युवकको मृत्यु
३१ असोज, रौतहट । दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा रुपन्देहीमा १९ वर्षीय किशोरको डुबेर मृत्यु भएको छ ।
शनिबार दिउँसो २ः३० बजेतिर दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई ४ कदमहवाका १९ वर्षीय अनिल चौधरीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । चन्दका अनुसार नदीमा मूर्ति बिसर्जन गर्ने क्रममा स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको थियो ।
मूर्ति बिसर्जन गर्न आएकामध्ये केही युवाहरु नुहाउन पानीमा पसेका थिए । नदीमा पौडी खेल्न पसेकामध्ये बेपत्ता भएका चौधरीको खोजतलास गर्दा आज बिहान ७ बजेतिर घटनास्थलबाट करिब ५ सय मिटर तल झाडीमा निजको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टम भएपछि परिवारले बुझिसकेको भाष्कर चन्दले जनाए ।