कैलालीमा एक शव फेला, शंकास्पद अवस्थामा चार जना पक्राउ
journey fortech
३१ आश्विन २०७८, आईतवार १०:३८
३१ असोज, रौतहट । कैलालीको धनगढी उपमहानगरपालिका ७ मा एक जनाको हत्या भएको प्रहरीले जनाएको छ ।
अन्दाजी २५ वर्षीय रमेश चौधरीको घाँटी थिचेर हत्या भएको भन्दैँ शंकास्पद अवस्थामा मृतककी श्रीमतीसहित चार जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार यही असोज २९ गते (शुक्रबार) साँझ घरबाट निस्केपछि घरबाट करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा शनिबार बिहान चौधरीको शव फेला परेको थियो ।
निजको घाँटी थिचेर हत्या गरेको पाइएपछि, अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नियन्त्रणमा लिएको उनीहरुको नाम सार्वजानिक गरेको छैन् ।