सिरहामा एक किशोरको शव फेला

   ३० आश्विन २०७८, शनिबार २०:०८  

३० असोज, राैतहट। इनारमा डुवेको अवस्थामा सिरहामा एक किशोरको शव फेला परेको छ ।

सिरहा गोलबजार नगरपालिका ८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षिय छाेरा सत्रुधन महतो रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका ३ नयाँ चोहर्वाकोमा रहेकाे सार्वजनिक इनारमा डुविरहेको अवस्थामा आज विहान शव फेला परेको हो ।

दशैंको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो आज विहान मृत भेटिएको हो । मेलामा राती झडडा भएको क्रममा इनारमा झरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

मेलामा राती दुई युवा समूहविच विवाद भएको स्थानीय बलराम यादबले बताएका छन । मृतक सत्रुधन महतो गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको प्रहरीले बताईको छ ।

शव इनारबाट निकालेर पोस्टमाडम काेलागि जिल्ला अस्पताल सिरहा पठाइएको जिल्ला प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।