सामान्य विवाद हुादा बाबुले गरे आफ्नै छोराको हत्या
२७ असोज, रौतहट । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा बस्ने ५६ वर्षीय बाबु निमवहादुर कुवर मगरले आफ्नै ३३ वर्षीय छोरा रुपलाल कवँर मगरको हत्या गरेका हुन् । मंगलबार राति मासुको विषयमा सामान्य विवाद हुँदा निमवहादुरले छोरामाथि हँसिया प्रहार गरेका थिए ।
सल्यानका डीएसपी गोविन्द थापाका अनुसार दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । बाबुले आवेगमा प्रहार गरेको हँसियाले गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आरोपी बाबुलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।