जसपाका कार्यकर्ताले गरे उपेन्द्र यादवको पुत्ला दहन

   २६ आश्विन २०७८, मंगलवार १२:३१  

२६ असोज, रौतहट । पर्साका सांसदलाई मन्त्री नबनाइएको भन्दैँ जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको नै पुत्ला दहन गरेका छन् ।

पार्टी कार्यालय बालकुमारीमा प्रदर्शन गदैँ जसपाका कार्यकर्ता तथा नेताले सोमबार यादवको पुत्ला दहन गरेका हुन् । विरोध प्रदर्शनका लागि हिजो पर्साका नेता र कार्यकर्ता काठमाडौँ आएका थिए ।

सांसदलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरिएको जसपाको विद्यार्थी संगठनका पर्सा अध्यक्ष एजादबाबु राठीले जानकारी दिए ।