बैंक लुट्ने प्रयास गर्ने तीनजना पक्राउ

   २६ आश्विन २०७८, मंगलवार ११:३९  

२६ असोज, रौतहट । बैँक लुट्ने प्रयास गरेका तीन जनालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको धनपालथान गाउँपालिकाको कर्सियामा सोमबार दिउँसो बैँक लुट्ने प्रयास गरेका तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लुटेरा समूहले सिटिजन्स बैँकको कर्सिया शाखामा रकम लुट्न छिरेका उनीहरुलाई सुरक्षागार्डले रोक्ने क्रममा लुटेराहरुले नै गोली चलाई भाग्न सफल भएपनि तीन जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता जनार्दन जिसीले जानकारी दिए ।

लुटेरा समूहले चलाएको गोली लागेर घाइते भएका गार्डको अउपचार भइरहेको छ । पक्राउ परेका तीनै जनामाथि यसबारे अनससन्धान भइरहेको प्रहरीले जनाएको छ ।