आज फूलपाती, शक्तिपीठहरुमा भक्तजनको घुइचो

   २६ आश्विन २०७८, मंगलवार ११:२८  

२६ असाेज, राैतहट । हिन्दुहरुको महान चाड विजया दशमीको आज सातौ दिन फुलपाती रौतहटमा पनि धुमधामले मनाइदै छ ।

जिल्लामा रहेका विभिन्न देवी शक्तिपीठहरुमा आश्था, विश्वास र श्रद्धाभावका साथ दुर्गा भवानीको पूजा अर्चना गरिदैछ । दशैंको बेला विषेश गरी रौतहटमा राजदेवी मन्दिर, गंगा प्रिपाको दुर्गा मन्दिर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुर लगायत विभिन्न देवी स्थानहरुमा भक्तिभावका साथ पूजा गरी दशैं मनाइदै छ ।

गौरको निशान भगवति स्थानबाट निकालिएको फुलपाती वनकाली सम्म पु¥याइएको छ । आजै सो स्थानबाट राजदेवीमा रहेको राजदेवि मन्दीरमा फुलपाती लगिएको छ । प्रत्येक मन्दीरका साथ साथै घरमा रहेको देवी स्थानमा पनि स्थानियले फुलपाती भित्राएका छन ।

घर परिवार देखी टाढा रहेकाहरु पनि घर फर्किने क्रम जारी रहेकोले यातायातको साधनको चापमा वृद्धि भएको छ भने सदरमुकाम गौर लगायत जिल्ला भरी नै दुर्गा भवानीको माटोको मूर्ति बनाई सजाएर विधिपूर्वक मन्त्रोच्चारणका साथ पूजाआजा हुदैछ । लाउडस्पीकरहरुमा शंख, घण्ट तथा मन्त्रका आवाजहरुले पूरै सदरमुकाम नै गुञ्जीएको छ ।

दशैंको कारण जिल्लाका प्रमुख बजारहरुमा चहलपहल बढेको छ । गौर, शिवनगर, गरुडा तथा चन्द्रनिगाहपुरमा किनमेल गर्नेको भिड देखिएको छ । विशेष गरि लताकपडा तथा श्रृङ्गार पसल संगै अन्य पसलहरुमा पनि ग्राहकहरु बढेको पाइएको छ ।