डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते

   २६ आश्विन २०७८, मंगलवार ०९:१६  

२६ असाेज, राैतहट । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

मंगलबार बिहान सवा ७ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर अमरगढी नगरपालिका–११ स्थित राइमा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। घाइतेहरूको अवस्था सामन्य नै रहेको उनले बताए।