दुर्गाभगवतीमा हेेलिकप्टरद्वारा पुष्पकाे वर्षा

   २५ आश्विन २०७८, सोमबार २१:४८  

२५ असाेज, राैतहट । जिल्लाकाे दुर्गाभगवती गाउँपालिकामा आज षष्ठी तिथि अर्थात दुर्गा पुुजाको बेल न्यौतनकाे अवसरमा हेलिकप्टरद्वारा पुष्प(फुल) वर्षा गरिएकाे छ ।

श्री दुर्गा पुजा समितिले आयाेजना गरेकाे विल्वानिमन्त्रण कार्यक्रमकाे अवसरमा दुर्गाभगवतीका युवाहरु मिलि राैतहटकाे दुर्गा भगवती गाउपालिका स्थित वडा ३ मत्सरीमा आज (साेमवार) दुर्गा मंदिरकाे वरिपरि हेलिकप्टरबाट हावामा पुष्प(फुल) काे वर्षा गरेका छन् ।

काेराेनाभाइरस कारण गत वर्ष मतसरीकाे दुर्गाभगवती मदिंरमा श्रद्धालुकाे संख्या कम थियाे । तर यस वर्ष घटस्थापना देखिनै श्रद्धालुकाे जमघट लागेकाे छ ।

आउने वर्ष पनि युवाहरुले पुष्प वर्षा गर्ने व्यवस्था गरिएकाे दुर्गाभगवतीका समाजसेवी युवा नेता शम्भु सिंहले बताए ।

साेमवार करिब ४ बजे हेलिकप्टरबाट पुष्पकाे वर्षा गरिएकाे थियाे ।