उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले राजीनामा दिने

   २४ आश्विन २०७८, आईतवार १०:१५  

२४ असोज काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटाबाट मन्त्री भएको भन्दै आरोप लागेपछि उनी विवादमा तानिएका हुन्।

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्। बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए।

उनी सांसद पनि छैनन्। उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।