सुनको मूल्य तीन सयले बढयो
साउन १६, रौतहट । अघिल्लो दिनको भन्दा सुनको भाउ तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ । शुक्रबारको सुनको मुल्य अहिलेसम्मकै सबैभन्दा उच्च रहेको हो ।
बढ्दो मूल्यमा प्रतिदिन नयाँ किर्तिमान बनाएको सुनको भाउ ९९ हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै शुक्रबारका लागि तेजावी सुनको कारोबार मूल्य ९८ हजार ८६५ रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ । चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सुनको भाउ नेपाली बजारमा पनि उच्च बनेको व्यवसायीहरुले जनाएका छन ।
अफसिजनमै मूल्य आकासिएका कारण कारोबार अत्यन्तै कम भएको र सुन फिर्ता गर्न ग्राहकहरु आउन थालेको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।