बाघको आक्रमणबाट रौतहटमा एक घाइते
२१ असोज, रौतहट । रौतहटको चन्द्रपुरमा बाघले आक्रमण गर्दा एक पुरुष घाइते भएका छ्न ।
आज बिहान घाँस लिन जङ्गल तर्फ जाँदै गरेका चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझीलाई बाघले घाइते बनाएको हो ।
घाँस लिन लमहा तर्फ जाँदै गरेका रायमाझिलाइ राजमार्ग छेउमै बाघले आक्रमण गरेको उनले बताए ।
६ जनाको समुहमा घाँस लिन हिडेका रायमाझीलाइ बाघले आक्रमण गरे पछि उनले आफू संग भएको बन्चरो बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए ।
घाइते रायमाझीको चन्द्रनिगाहपुरको एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।