विद्युत चोरी गरेको आरोपमा १३ जना पक्राउ
२० असोज, रौतहट । हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटबाट १३ जना पक्राउ परेका छन ।
चुहावट नियन्त्रको लागी खटिएको विद्युत प्राधिकरणको रौतहट शाखाको कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको परोहा र राजपुर नगरपालिकाबाट १३ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।
विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयातामा पक्राउ गरि नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण रौतहटले जनाएको छ । ।