३३ किलो सुन तस्करी प्रकरण : प्रहरीलाई सफाइ,
१९ असोज, रौतहट । मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त फैसला सुनाएको हो । कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो ।
प्रहरीलाई सफाइ
यस्तै अदालतले तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाश प्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिने फैसला सुनाएको छ ।