माधव नेपाल आज अस्पतालबाट फर्के
१८ असोज, रौतहट । अस्वस्थ भएका कारण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि यही असोज १४ गते माधवकुमार त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । सामान्य ज्वरो र शरीरिक कमजोरी भएकोले उनी ४ दिनअघि अस्पताल भर्ना भएका थिए ।
नेपालको नीजि सचिवालयका अनुसार अध्यक्ष नेपाल डिस्चार्ज भएर आज घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा उनी सहभागी नहुने भएका छन् ।