चपुरको सडकमै माछा
१७ असोज, रौतहट । ढलको समुचित निकास नभए पछि रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य सडकमै पानी जम्ने समस्या छ ।
वर्षाको समयमा सडकभरी बगेको पानीमा स्थानीयले माछा मार्दै गरेको तस्विर सामाजिक संजालमा राख्दै रौतहटका पत्रकार अशोक पहाडीले लेखेका छ्न “चन्द्रपुरको राजमार्गमा पानी बगेर के भयो र ? माछा त आयो नि ।”
राजमार्गमा जाल तान्दै माछा मार्दै गरेको तस्बिरमा केही स्थानीयले मसिनो माछाहरु बटुल्दै गरेको देखिन्छ ।
राजमार्गको मुख्य सडकखण्डमै पानी बग्न थाले पछि स्थानीयले माछा मारेका छ्न । चन्द्रनिगाहपुरमा पानी जम्ने समस्या भएपछि केही ठाउँहरु ताल जस्तै देखिन्छन । सडक किनारका दुवै तर्फ अधिकांस ठाउँमा वर्षाको समयमा हिलो र पानी जम्दा स्थानीयहरु मर्कामा परेका छ्न ।