आईपीएल : पञ्जाबले काेलकातालाई हरायाे
१६ असाेज, राैतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएकाे छ । कोलकाताले दिएकाे १६६ रनको लक्ष्यलाई पञ्जाबले १९.३ ओभरमा ५ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।
अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, ओभरको दोस्रो बलमा वेंकटेस अय्यरले ६७ रन बनाएका केएल राहुललाई आउट गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । तर, अर्को नै बलमा शाहरुख खानले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।
खानले मात्र ९ बलमा १ चौका र दुई छक्काको मद्दतले २२ रन बनाए । त्यस्तै, ओपनर मयंक अग्रवालले ४० तथा एडन मार्क्रमले १८ रनको योगदान दिए । कोलकाताका लागि वरुण चौधरीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । कोलकाताका लागि वेंकटेस अय्यरले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै राहुल त्रिपाठी र नितिश रानाले क्रमशः ३४ र ३१ रन बनाए । पञ्जाबका लागि अर्षदीप सिंहले ३ विकेट लिए ।
जीतसँगै १० अङ्कसहित पञ्जाब पाँचौँ स्थानमा छ । टोली अझै पनि प्लेअफको दौडमा कायम रहेको छ । हारका बाबजुद कोलकाता चौथो स्थानमा कायम रहेको छ ।