ईपीएलमा आज दुई खेल हुदै

   १४ आश्विन २०७८, बिहीबार ११:३६  

१४ असोज, रौतहट । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको चौंथो संस्करणमा आज दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा चलिरहेको पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्स आज बिहान ९ः३० बजे देखि खेल्दैछन् ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच हुनेछ । भैरहवा र ललितपुरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।