जापानमा भूकम्प
द नेपाल मिडिया
१४ आश्विन २०७८, बिहीबार ११:१८
जापान । जापानमा बुधवार शक्तिशाली भूकम्प गएको छ । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार भूकम्प ६.१ म्याग्नीच्युडको रहेको थियो ।
जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।
स्थानीय समयअनुसार भूकम्प बेलुका ५ः३७ बजे गएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।