प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागि नहुने

   १४ आश्विन २०७८, बिहीबार १०:४७  

१४ असोज, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको बैठकमा एमाले नजाने भएको छ ।
सरकारी निवास बालुवाटारमा प्रधानमनत्री शेरबहादुर देउवाले संसादमा २३ दिन देखि जारी रहेको अवरोध हटाउने विषयमा बैठक बोलाएपनि एमाले अनुपस्थित हुने भएको छ ।

संसदमा निरन्तर भइरहेको अवरोध हटाउने विषयमा छलफलको लागि प्रधानमन्त्री देउवाले बुधबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नजाने भएको हो ।

सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा हुने खालका बैठकमा सहभागी हुने यसबाहेक कुनै किसिमको बैठकमा सहभागी नहुने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाए ।