गाैरमा खाद्यान्न समाग्री सहित पिकअप नियन्त्रणमा

   १४ आश्विन २०७८, बिहीबार ०७:०६  

१४ असाेज, राैतहट । गाैरमा प्रहरीले १ लाख ७३ हजार बराबरकाे खाद्यान्न किराना समाग्री सहित एक पिकअप नियन्त्रणमा लिएकाे छ ।

रौतहट गौर नगरपालिका वडा नं. ५ स्थित ना.१ ज-३२९६ नम्बरको पिकअप गाडीबाट २० बोरा चिनि लगायतका अन्य किराना सर-सामनहरु बरामद गरिएकाे हाे ।

गाडीमा उक्त समाग्री लोड गरी जाँदै गरेको अवस्थामा शंका लागी रोकी चेक जाँच गर्दा गाडीमा सवार रहेका भारत बिहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर ग्राम पंचायत घर भई हाल रौतहट गरुडा न.पा. -३ बस्ने बर्ष ३५ को जोत नारायण साहसँग बिल बिजक माग गर्दा नदिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

बिल नदिएकाे कारण गाडीमा लोड रहेको एक लाख तिहत्तर हजार वरावरको चिनी, खाने तेल, पतंजली बिस्कुट, पारले जी बिस्कुट र तीन लाख बराबरको पिकअप गाडी समेत गरि जम्मा चार लाख तिहत्तर हजार बराबरको विभिन्न माल बस्तुहरु प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नियन्त्रण लिएकाे उक्त समाग्री आवश्यक कारवाहीको लागी बुधवार गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएकाे छ ।

रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने क्रममा बुधवार करिब ११:०० बजेको समयमा प्रहरी गस्ती टोलीले साे समाग्री लगायत एक पिकअप नियन्त्रमा लिएकाे थियाे ।