११५७ नयाँ संक्रमित थपिए , ८ को मृत्यु

   १३ आश्विन २०७८, बुधबार १७:०६  

१३ असोज, रौतहट । पछिल्लो २४ घण्टामा थप ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ भने मृत्यु हुनेको संख्या ८ रहेको छ ।
हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् । त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।