ट्रकको ठक्करबाट ईलाममा १ को मृत्यु

   १३ आश्विन २०७८, बुधबार १५:०१  

१३ असोज, रौतहट । ट्रकको ठक्करबाट ईलाममा एक जनाको मृत्यु भएको छ ।

ईलाम नगरपालिका–१ नेपालटारस्थित सडकमा ना.५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको गएराति घटनास्थलमै मृत्यु भएको हो ।

पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र.१–०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह–चालक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।