नेकपा एसबाट कोको मन्त्री बन्ने ?

   १३ आश्विन २०७८, बुधबार १२:४३  

१३ असोज, रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री बनाउनका लागि अन्तिम सूची तयार पार्दैछन् ।

अहिलेसम्म लगभग नामको टुंगो लागिसकेको छ । तर, एक दुईजनाको नाममा नेताहरुबीच अन्तिम टुंगो लाग्न बाँकी छ ।

नेकपा एसले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएर कतिपय नामको टुंगो लगाएको बुझिएको छ । संघीय संसदमा निर्वाचित मध्ये प्रदेश १ बाट भवानी खापुङ, प्रदेश २ बाट महिलालाई उपसभामुख, बागमती प्रदेशबाट विरोध खतिवडा, गण्डकी प्रदेशबाट किसान श्रेष्ठ, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, सुदूरपश्चिमबाट प्रेम आले मन्त्री बन्ने तय भएको छ ।

कर्णालीबाट एकजनाको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । मन्त्री बनाउँदा ६६ महिनामा परिवर्तन गर्ने गरी टुंगो लगाइने बुझिएको छ ।

मन्त्रीका दाबेदार अरु सांसदहरुलाई संसदीय समिति, प्रमुख सचेतकमा व्यवस्थापन गर्ने तयारी समेत भएको छ ।