दोस्रो जित निकाल्दै आर्मी क्लब कवार्टरफाइनलमा

   १३ आश्विन २०७८, बुधबार १२:०४  

१३ असोज, रौतहट । विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

आर्मीले नयाँ बजारमाथि २५–२२,२५–१७ र २५–१४ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह सी को आर्मीले शीर्ष स्थानमा रहदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

यसैगरी गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो ।