पटाका सहित चन्द्रपुरबाट एक जना पक्राउ

   १३ आश्विन २०७८, बुधबार ११:४८  

१३ असोज, रौतहट । चन्द्रपुर प्रहरीले करिब एक लाख ६२ हजार बराबरको पटाका सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउपालिका निवासी वडा नं. ४ बस्ने २५ वर्षीय संजित साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

मंगलवार बिहान करिब ८ः३० बजेको समयमा चन्द्रपुर प्रहरी कार्यालयबाट खटिएका टोलीले पूर्व पश्चिम लोकमार्गमा ग.१ ख ६२४१ नम्बरको यात्रुबस चेक जाँच गर्ने क्रममा सोही बसमा सवार साहबाट बिप्फोटक पदार्थ पटाका फेला पारेका थिए ।

पटाका अन्दाजी रु. १ लाख ६३ हजार ४ सय ८४ बराबरको रहेको कारणले निज साहलाई पक्राउ गरि जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।