पशुपतिनाथमा आज एक साधुमाथि खुकुरी प्रहार

   ११ आश्विन २०७८, सोमबार १४:०६  

११ असोज, रौतहट । पशुपतिनाथ मन्दिर क्षेत्रका एक साधुमाथि आज बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

पशुपतिनाथमा अज्ञात व्यक्तिले सोमबार बिहान ३५ वर्षीय सन्तोष बाबामाथि खुकुरी प्रहार गरी फरार भएको छ । बिहानै बाबा विश्वरुपा मन्दिरबाट शौचालयतर्फ जादैँ गरेको अवस्थामा एक अज्ञात व्यक्तिले उनीसंगै माग निकाल भन्दैँ भनेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले जानकारी दिए ।

राठौरका अनुसार हिन्दी भाष मात्र बोल्ने साधु सन्तोषले छैन् भनेपछि ती व्यक्तिले उनीमाथि खुकुरी प्रहार गरेको थियो । घाइते साधुको ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।

घटना पश्चात् भाग्न सफल भएको दोषीको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।