चितवन टाइगर्सविरुद्ध विराटनगरको कमजोर प्रदर्शन
१० असोज, रौतहट । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत विराटनगर वारियर्सले चितवन टाइगर्सविरुद्धको खेलमा कमजोर प्रदर्शन गरेको छ ।
खेलमा तेस्रो ओभर सकिँदा विराटनगरले तीन विकेट गुमाएको छ । चितवनका कप्तान सोमपाल कामीले टिमका लागि पहिलो ओभरमा दुई विकेट लिएका थिए ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको चितवनका लागि सोमपालले पहिलो ओभरको दोस्रो बलमा आसिफ शेखलाई क्याच आउट गराए । सोमपालको बलमा करिम जनतले क्याच आउट गरेका हुन । त्यस्तै, सोमपालले पहिलो ओभरको अन्तिम बलमा रियान पठानलाई बोल्ड आउट गरे ।
दोस्रो ओभरको पाँचौँ बलमा विराटनगरले आफ्नो तेस्रो विकेट गुमायो । चितवनका चन्द्रपउल हेमराजलाई कमल ऐरीले बोल्ड आउट गरे ।