मोरङस्थित एउटा मिलमा आगलागी हुदाँ लाखौँको क्षति

   १० आश्विन २०७८, आईतवार १४:२४  

१० असोज, रौतहट । मोरङस्थित एउटा मिलमा आगलागी हुदाँ लाखौँको क्षती भएको छ ।

जिल्लाको सुनवर्षी नगरपालिका ३ स्थित अरुण सिंहले संञ्चालन गरेको बोलबम चिउरा मिलमा आगलागी हुदाँ ७० लाख रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार शनिबार राति ९ः५० बजेतिर मिलमा आगलागी भएको थियो । मिल संञ्चालन गरिएको ४ कोठे भवनमा भएको आगलागी प्रहरी, स्थानीय र ६ वटा दमकलको सहयोगमा गएराति करिब ११ः३० बजेतिर नियन्त्रणमा लिएको थियो ।

मिल संञ्चालन गरिएको कोठा मा रहेको सामान र दुईवटा मेसिन पूर्णरुपमा जलेर नष्ट भएको छ । हाल आगलागीको कारण खुल्लन नसकेको प्रहरीले जनाएको छ । विद्युत सर्ट हुँदा आगलागी हुने सक्ने प्रहरीले आशंका गरेको छ ।

यसबारे अनुसन्धान भइरहेको छ ।