श्रोत नखुलेको रकम सहित २ पक्राउ

   १० आश्विन २०७८, आईतवार १३:११  

१० असोज, रौतहट ।प्रहरीले रौतहटको इशनाथ नगरपालिकाबाट श्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरेको छ ।

रौतहटको ईशनाथ नगरपालिका २ औरैयाबाट श्रोत नखुलेको साढे चार लाख रुपैंया सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गएराति इशनाथबाट भारत तर्फ जादैं गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ लाख ५१ हजार नगद सहित ईशनाथ नगरपालिका ३ का निरज कुमार साह र रामचन्द्र राउतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नेपालबाट भारत तर्फ जाने क्रममा बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो । प्रहरी चौकी औरैयाबाट खटेको टोलीलले नेपालबाट भारततर्फ गइरहेको सो मोटरसाइकलमा सवार व्यक्तिहरुबाट श्रोत नखुलेको नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

बरामद भएको नगद सहितका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागी भंसार कार्यालय पठाइएको उपरिक्षक घिमिरेले बताए ।