मकवानपुरमा अफिमसहित एक युवक पक्राउ
journey fortech
८ आश्विन २०७८, शुक्रबार १३:३८
८ असोज, रौतहट । मकवानपुरबाट लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भैँसे मकवानपुरबाट आज बिहान करिब ९ बजेतिर खटिएको टोलीले कैलाश गाउँपालिका वडा नम्बर २ भैसेका निवासी २१ वर्षीय राजन मुक्तानलाई हिरासतमा लिएको हो ।
मुक्तानलाई २ किलो १०० ग्राम लागु औषध अफिमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको उनीमाथि यसबारे आवशयक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।