पोखरामा कुकुर पाल्न दर्ता अनिवार्य
८ असोज, रौतहट । सार्वजानिक स्थल तथा खुला बाटोमै दिसापिसाब गराउँदै हिड्नाले वातावरण प्रदूषित हुन्छ, भन्दैँ पोखरामा कुकुर पाल्नका लागि महानगरपालिकामा दर्ता गराउनु अनिवार्य भएको छ ।
यही असोज, ७ गते (बिहीबार) देखि महानगरपालिकाले पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र विवरण गरेर दर्ता प्रक्रिया सुरु गरेका हो । दर्ता भएको कुकुर सडकमा छोड्ने धनीलाई ५ हजार देखि १५ हजारसम्म जरिवा समेत हुने छ ।
दर्ता भएको कुकुरलाई ट्याग (चिन्ह) समेत लगाइने छ । पहिला कुकुर पाल्ने पछि गएर छाडा छाड्ने तथा खुल्ला ठाउँमा जथाभावि दिसापिसाब गराउँदै हिड्नाले वातावरणमा मात्रै नभई मानवका स्वास्थ्यमा समेत असर परेको भन्दैँ यो प्रक्रिया सुरु गरिएको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
गुरुङका अनुसार कुकुर पालन दर्ता प्रक्रियाले रेबिज रोगबाट पनि जोगाउँछ, र रेबिजविरुद्धको खोप कार्यक्रमलाई पनि सहज हुनसाथै रबिजविरुद्धको खोप लगाउँमा पनि सहज हुन्छ ।
दर्ता भएका कुकुरको विवरण अद्यावधिक गर्न पशु महाशाखाले ताकेता गर्ने र नियमित निगरानीमा राखिने महानगरले जनाएको छ ।