आज थप १ हजार ३३० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
५ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ६ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, बितेको २४ घण्टामा ३ हजार ९ सय ६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९४ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससहित हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ५४ हजार पुगेको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप ५ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमणबाट ज्याना गुमाउनेहरुको कुल संख्या ११ हजार ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा २१ हजार ५ सय २४ संक्रिय कोरोना संक्रमित रहेका छन् ।