कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने एक भारतीय पक्राउ
५ असोज, रौतहट । सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने एक भारतीय तस्कर पक्राउ परेका छन् । सोमबार साँझ गस्तीमा खटिएको बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।
नेपाल भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका ८ को कञ्जभोजमा हिजो साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।
पक्राउ परेको उनमाथि यससम्बन्धि कारबाही प्रक्रिया अघि बढाएको स्थानीय प्रहरीले जनाएको छ ।
बोडर आउट पोष्ट दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहित घाइते भएका तीनै जवानको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।