जमानतमा रिहामुक्त भए राज कुन्द्रा

   ५ आश्विन २०७८, मंगलवार १३:१८  

५ असोज,
बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा हिरासतमुक्त भएका छन् । पोर्नाेग्राफी फिल्म बनाएको आरोपमा पक्राउ परेको राज कुन्द्रालाई मुम्बइको अदालतले जमानतमा रिहामुक्त गर्न आदेश दिएको छ ।

भारतको कानुनले निषेध गरेको पोर्नाेग्राफी फिल्म बनाएको अभियोगमा नियन्त्रणमा लिएको कुन्द्रालाई गत जुलाई २७ सम्म प्रहरी हिरासतमा राखिएको थियो । त्यसपछि, उनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको थियो । पक्राउ परेका राज कुन्द्रा हालसम्म कारागारमै थिए ।

५० हजार जरिवान तिर्दै जमानतमा रिहामुक्त गर्न अदालतले आदेश दिएपनि राज कुन्द्रा प्रहरीको अनुमतीविना मुम्बई शहर छाड्न पाउने छैनन् ।
प्रहरीले १५०० पेज लामो चार्जशिट प्रस्तुत गरेको थियो । एजेन्सी